सिआइबीले सभामुखलाई गरायो विनोद चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सिआइबीले सभामुखलाई गरायो विनोद चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी


७ चैत्र २०८०, बुधबार


काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सांसद विनोद चौधरीमाथि अनुसन्धान गरिरहेको सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ । 

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाली काँग्रेसका सांसद चौधरीमाथि अनुसन्धान भइरहेको सिआइबीले पत्र लेखी सभामुख घिमिरेलाई जानकारी गराएको हो । सिआइबीले बुधवार जानकारी गराएको हो । 

‘बाँसबारी छाला जुत्ता कारखाना लि.को नाममा दर्ता कायम रहेको का.जि.का.म.पा. ३ स्थित १०-०-०-० (दस रोपनी) जग्गा गैर कानूनी तवरबाट च्याम्पियन फुटवेयर लि. को नाममा स्वामित्व हस्तान्तरण गरेको सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लि. का संस्थापक शेयर धनी तथा तत्कालीन सञ्चालक समितिका सदस्य संघीय संसद्का माननीय सदस्य श्री विनोद कुमार चौधरीका सम्बन्धमा यस ब्युरोबाट अनुसन्धान भइरहेको ब्यहोरा जानकारीको लागि सादर अनुरोध गरिएको छ’, सिआइबीको पत्रमा उल्लेख छ ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विनोद चौधरीमाथि छानबिन गर्न प्रहरीलाई निर्देशन दिएका थिए । सोही प्रकरणमा सिआइबीले गत माघ १८ मा व्यवसायी अरूण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस