राजस्व छलीको आरोपमा शारदा डिस्टीलरी सिल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राजस्व छलीको आरोपमा शारदा डिस्टीलरी सिल


८ चैत्र २०८०, बिहिबार


काठमाडौँ । सिरहाको गोलबजारस्थित शारदा डिस्टीलरी प्रालिमा सिल गरिएको छ । अन्तशुल्कको एउटा स्टीकरलाई दुई टुक्रा पारी मदिराको बोतलमा लगाएर राजस्व छलेको आरोपमा सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादव बताए ।  । 

पाँचदिनअघि शारदा डिस्टिलरीको मूलगेटबाट निस्किएको मदिरा लोड भएको ट्रकले आशीष जनरल स्टोरमा भण्डारण गरेपछि जाँच गर्दा एउटै स्टीकरलाई दुई टुक्रा पारी दुई वटा बोतलमा प्रयोग गरी राजस्व छली गरेको पाइएको थियो । त्यसपछि अनुसन्धानमा जुटेको आन्तरिक राजस्व कार्यालय लहानले उद्योग र आशीष जनरल स्टोरमा सिल गरेको सहायक प्रजिअ यादवले बताए । 

सहायक प्रजिअ यादवले भने,  ‘उद्योग र आशीष जनरल स्टोरलाई पूरा सिल गरिएको छ, आशीष जनरल स्टोरमा भण्डारण गरिएको सबै मदिरा कार्टुन अनुसन्धानका लागि राजस्व कार्यालय ल्याएका छौँ, अधिकांशमा एउटा स्टीकरलाई दुई टुक्रा पारी दुइटा बोतलमा लगाएको देखिन्छ, जसले शारदा डिस्टिलरीले राजस्व छली गरेको देखीन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस