हिजो प्रधानमन्त्री अफर गर्ने अहिले गृहमन्त्रीको राजीनामा माग्ने भन्दै काँग्रेसलाई महासेठको प्रश्न « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

हिजो प्रधानमन्त्री अफर गर्ने अहिले गृहमन्त्रीको राजीनामा माग्ने भन्दै काँग्रेसलाई महासेठको प्रश्न


८ चैत्र २०८०, बिहिबार


काठमाडौँ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले काँग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्नु नै गलत भएको बताएका छन् ।

जनकपुरधाममा पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा उनले भने, ‘काँग्रेसको माग हो संसदीय छानबिन समिति गठन हुनुपर्ने । तर एउटा कुरा-हिजो गठबन्धन चेन्ज हुँदा काँग्रेसले प्रधानमन्त्रीको अफर गर्ने । र, उसको अफर नस्विकारेर यो गठबन्धनमा आएर गृहमन्त्री बन्दा अपराधी र ठग हुने ? यो त गलत हो नि !’

उपप्रधानमन्त्री महासेठले छानविन चलिरहेको र दोषी साबित भए सरकारबाट बाहिर जानैपर्ने बताए । उनले संसदीय छानविन समिति गठन तत्काल नहुने संकेत गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस