लोसपा छ महिनाभित्र विधान अधिवेशन र एक वर्षमा महाधिवेशन गर्ने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लोसपा छ महिनाभित्र विधान अधिवेशन र एक वर्षमा महाधिवेशन गर्ने


८ चैत्र २०८०, बिहिबार


लोकतान्त्रिक समाजवादी पार्टी नेपाल

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अगामी ६ महिनाभित्र विधान अधिवेशन र एक वर्षभित्र पार्टी महाधिवेशन गर्ने निर्णय गरेको छ ।

महोत्तरीको बर्दिबासमा बसेको लोसपाको केन्द्रीय कमिटी बैठकले सो निर्णय गरेको हो । निर्णय सार्वजनिक गर्न जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा लोसपा अध्यक्ष महन्त ठाकुरले जिल्लादेखि वडासम्म पार्टीको पुनर्गठन गरी सुदृढीकरण अभियान चलाउने बताएका छन् ।

लोसपा वर्तमान सत्ता गठबन्धनमा छैन । सरकारमा रहँदा लोसपा संविधान संशोधन, नागरिकता समस्या, मधेश आन्दोलनकारीमाथि चलाइएको मुद्दाबारे मौन थियो । तर वर्तमान सरकार तथा गठबन्धनमा सहभागी नभएको लोसपा पुनः ती मुद्दाहरू उठाउने निर्णय गरेको छ ।

अध्यक्ष ठाकुरले वर्तमान अपुरो संविधान संशोधन, आमाको नामबाट नागरिकता प्रदानसहितका नागरिकता समस्या समाधान गर्न र मधेश आन्दोलनकारीमाथि लगाएको झुटा मुद्दा फिर्ता लिनुपर्ने माग सरकारसँग गर्ने निर्णय केन्द्रीय कमिटीको बैठकले गरेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस