पूर्वसूचनालाई व्यवस्थित विकास गर्नुपर्छ : मन्त्री बस्नेत « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पूर्वसूचनालाई व्यवस्थित विकास गर्नुपर्छ : मन्त्री बस्नेत


८ चैत्र २०८०, बिहिबार


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पूर्वसूचनालाई व्यवस्थित रुपमा विकास गर्न आवश्यक रहेको बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उनले अब नेपालले पूर्वसूचनाको उत्पादन कसरी गर्नेरु भन्नेबारेमा विशेष जोड दिनुपर्ने बताए। उनले पूर्वसूचना प्रणालीको क्षेत्रमा केही नयाँ आयामहरु थपिँदै जाने अपेक्षा आफूले राखेको पनि बताए। उनले नेपालीहरुले लिएको विज्ञता र अनुभवलाई अब सबैसमक्ष पुर्‍याउने गरी पूर्वसूचना प्रणालीको विकास र विस्तार गर्न आवश्यक रहेको बताए।

उनले भने, ‘अब हामीले पूर्वसूचनाको उत्पादन कसरी गर्नेरु अथवा पूर्व सूचनालाई हामीलै कुन रुपमा व्यवस्थित, विकास गर्ने भन्ने प्रश्न छ। अब पूर्वसूचना प्रणालीको क्षेत्रमा केही नयाँ आयामहरु थपिँदै जाने अपेक्षा छ। हाम्रा अनुभवहरुलाई र विज्ञतालाई ठिक ढंगले प्रसारण गर्नुपर्छ, सूचनामा सबैको पहुँच पुर्‍याउने विधिहरुको बारेमा पनि तपाईहरुका अनुभव, नलेजको शेयरिङ राम्रोसँग हुनेछ।’

उनले सूचना सबैको पहुँच पुर्‍याउने विधिहरुको बारेमा सोच्न जरुरी रहेको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस