शाखा अधिकृत कार्कीविरुद्ध तीन करोड २१ लाखको भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

शाखा अधिकृत कार्कीविरुद्ध तीन करोड २१ लाखको भ्रष्टाचार मुद्दा


८ चैत्र २०८०, बिहिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाखा अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ ।

सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गरेको आरोपमा काठमाडौँ उपत्यका विकास प्राधिकरणअन्तर्गत बागमतीनगर जग्गा एकीकरण आयोजनाको कार्यालय बौद्धमा कार्यरत शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

कार्कीले सरकारी जग्गालाई गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । कार्की २०५८ साउनमा सरकारी सेवामा प्रवेश गरेका थिए । ३० चैत २०७९ सम्म उनले ३ करोड ७७ लाख १३ हजार आम्दानी गरेको र ६ करोड ९८ लाख ४६ हजार रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको अख्तियारले जनाएको छ ।

कार्कीको ३ करोड २१ लाख ३२ हजार रुपैयाँ बराबर सम्पत्तिको स्रोत नखुलेको अख्तियारको भनाइ छ । उक्त रकमलाई बिगो कायम गरी गैरकानुनी रूपमा आम्दानी गरेको सम्पत्ति जफत गर्नसमेत अख्तियारले मागदाबी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस