सभामुख र प्रमुख सचेतकहरू स्वीट्जरल्याण्ड जाने भएपछि संसद बैठक १० दिनका लागि स्थगित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सभामुख र प्रमुख सचेतकहरू स्वीट्जरल्याण्ड जाने भएपछि संसद बैठक १० दिनका लागि स्थगित


७ चैत्र २०८०, बुधबार


काठमाडौँ । प्रतिनिधि सभाको बैठक १० दिनका लागि स्थगित भएको छ।

सभामुखसहित दलका प्रमुख सचेतकहरू अन्तर व्यवस्थापिका संघ (आइपियू)को बैठकमा  सहभागी हुन स्वीट्जरल्याण्ड जाने भएपछि बैठक १० दिनका लागि स्थगित गरिएको हो।

सभामुख देवराज घिमिरेसँगै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रिय सभा सांसद गंगा बेलबासे स्वीट्जरल्याण्ड जाने कार्यक्रम छ।

यस्तै, संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, प्रवक्ता एकराम गिरी, संसदको अन्तर्राष्ट्रिय शाखाका प्रदिप गुरागाईँ र सभामुख घिमिरेका स्वकीय सचिव तेज प्रकाश भट्टराई पनि साथै जानेछन्।

संसद सचिवालयका अनुसार सभामुख सहितको टोली बिहीबार आइपियूमा गएर चैत १६ गते फर्किने कार्यक्रम छ

सभामुखसहित प्रमुख दलका प्रमुख सचेतकहरू पनि स्वीट्जरल्याण्ड जाने भएपछि संसद बैठक चैत १८ गतेसम्मका लागि स्थगित भएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस