बिमस्टेक र सार्कलाई सँगसँगै अघि बढाउन सांसद पन्तको माग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बिमस्टेक र सार्कलाई सँगसँगै अघि बढाउन सांसद पन्तको माग


५ चैत्र २०८०, सोमबार


काठमाडौँ । एमालेका सांसद रघुजी पन्तले बिमस्टेकसँगै सार्कलाई पनि अघि बढाउन जरुरी रहेको बताएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले प्रस्तुत गरेको बिमस्टेक वडापत्रमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावमाथिको छलफलका क्रममा सांसद पन्तले सार्कको विषयमा पनि सरकारले धारणा सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।

सांसद पन्तले बिमस्टेकमा बंगलादेश, भारत, भुटान, थाइल्याण्ड, म्यानमार, श्रीलंका र नेपाल सदस्य रहेको र सार्कमा सदस्य रहेको पाकिस्तानलाई एक्लै बनाएर सार्कलाई निस्तेज पार्ने र बिमस्टेक अघि बढाउने चाहना भारतको रहेको भन्दै नेपालले सार्कलाई अघि बढाउन प्रभावकारी भूमिका खेल्नुपर्ने बताए ।

‘बिमस्टेकलाई अघि बढाउँदा के ध्यान राख्नुपर्छ भने सार्कलाई पनि अघि बढाउनुपर्छ । पाकिस्तान बिमस्टेकमा नहुँदा भारतको चाहना सार्क रोकेर बिमस्टेक अघि बढाउनुपर्दथ्यो । हामीले प्रभावकारी भूमिका खेल्नुपर्छ,’ उनले भने ।

सांसद पन्तले नेपालले बिमस्टेकबाट लिएका फाइदा संसद्मा प्रस्तुत गर्न पनि आग्रह गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस