कृष्ण बहादुर महारालाई काठमाडौँ ल्याइयो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कृष्ण बहादुर महारालाई काठमाडौँ ल्याइयो


५ चैत्र २०८०, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले भैरहवाबाट नियन्त्रण गरेर काठमाडौँ ल्याएको छ ।

यति एयरलाइन्सको विमानबाट उनलाई काठमाडौँ ल्याइएको हो । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेसँगै उनी प्रशासनको उच्च निगरानीमा थिए ।

आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए।

सम्बन्धित समाचार : आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्री लामिछानेको निर्देशन

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले भेप प्रकरणमा महरालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नुपर्ने उल्लेख गरेको थियो । महराका छोरा राहुल सो मुद्दामा अहिले पनि थुनामा छन् ।

सम्बन्धित समाचार : सीआईबीले बुझ्यो सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन

सम्बन्धित समाचार : ब्रेकिङ न्युज : कृष्णबहादुर महरालाई काठमाडौँ फर्काइयो, विमानस्थलबाट पक्राउ गर्ने तयारी 

Tags :
प्रतिक्रिया दिनुहोस