ब्रेकिङ न्युज : कृष्णबहादुर महरालाई काठमाडौँ फर्काइयो, विमानस्थलबाट पक्राउ गर्ने तयारी  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ब्रेकिङ न्युज : कृष्णबहादुर महरालाई काठमाडौँ फर्काइयो, विमानस्थलबाट पक्राउ गर्ने तयारी 


५ चैत्र २०८०, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई भैरहवाबाट काठमाडौँ फर्काएको छ । गाडीबाट रोल्पा जान लागेका महरालाई रुपन्देही प्रशासनले काठमाडौँ फर्काएसँगै उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिने तयारी भएको गृह प्रशासन उच्च स्रोतले प्रशासनलाई जानकारी दियो । 

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेसँगै उनी प्रशासनको उच्च निगरानीमा थिए । 

आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले भेप प्रकरणमा महरालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नुपर्ने उल्लेख गरेको थियो । महराका छोरा राहुल सो मुद्दामा अहिले पनि थुनामा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस