सीआईबीले बुझ्यो सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सीआईबीले बुझ्यो सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन


४ चैत्र २०८०, आइतबार


काठमाडौँ । सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई प्रतिवेदन बुझाएको छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगले आइतबार प्रतिवेदन सीआईबीलाई बुझाएको हो ।

आइतबार गृह मन्त्रालयमा प्रतिवेदन बुझेको सीआईबी स्रोतले जानकारी दिएको छ । अध्ययन गरेपछि कारबाही प्रक्रिया अघि बढाउने सीआईबीको भनाई छ ।

विमानस्थलको भन्सार जाँच पास गरेको तस्करी भएको ६० किलो सुन, भेपमार्फत आएको सुन तस्करी लगायतमा राजनीतिक नेतृत्वलाई जोगाइएको आरोप लागिरहेका बेला उच्चस्तरीय छानबिन आयोग बनाउन दबाब बढेको थियो ।

त्यसबीचमा सरकारले पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा आयोग बनाएको थियो । आयोगमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस