आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्री लामिछानेको निर्देशन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्री लामिछानेको निर्देशन


४ चैत्र २०८०, आइतबार


काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री लामिछाने गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

मन्त्रालयमा आइतबार भएको छलफलमा मन्त्री लामिछानेले पूर्व सभामुख कृष्णबहादुर महरासहित प्रतिवेदनले औँल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस