जुवाखालबाट पक्राउ परेका कर्मचारीहरू धरौटीमा छुटे « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जुवाखालबाट पक्राउ परेका कर्मचारीहरू धरौटीमा छुटे


३ चैत्र २०८०, शनिबार


सुनसरी । धरानको एक होटेलबाट जुवा खेल्दै गर्दा पक्राउ परेका कर्मचारीहरूलाई प्रहरीले कानूनी प्रक्रिया पुर्‍याएर छोडेको छ ।

धनकुटाको साँगुरीगढी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित ६ जनालाई सुनसरी प्रहरीले कानूनी प्रक्रिया पुर्‍याएर छोडेको हो । पक्राउ परेकाहरूलाई कानुनी प्रक्रिया पूरा गरी धरौटीमा छोडिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

धरान उपमहानगरपालिका– ४ देवीथानस्थित न्यू देवीथान होटेलबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले साँगुरीगढी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा लेखा अधिकृत हेमचन्द्र रोईला, शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत गंगाबहादुर कटुवाल, सव ओभरसियर विश्वेश्वर राई र कार्यालय सहयोगी हर्कबहादुर राईलाई प्रहरीले बिहीबार राति पक्राउ गरेको थियो । यसैगरी धरानको कार्मेल बोर्डिङ स्कुलका सञ्चालक वीरबल शेर्पा र होटेल सञ्चालक लोकबहादुर थापालाई पनि पक्राउ परेका थिए ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ७० हजार रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको थियो । गाउँपालिका अध्यक्ष जीतेन्द्र रुम्दाली राईले कर्मचारीहरू पक्राउ परेको जानकारीमा आएपनि आफू काम विशेषले काठमाडौँ भएकाले विस्तृत जानकारी नभएको प्रतिक्रिया दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस