मुख्यमन्त्रीले राजीनामा नदिए कानुनी रूपमा हटाउने कोशी एमालेको चेतावनी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मुख्यमन्त्रीले राजीनामा नदिए कानुनी रूपमा हटाउने कोशी एमालेको चेतावनी


२ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमालेले कोशीका मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा दिन आग्रह गरेको छ ।

शुक्रबार एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले पत्रकार सम्मेलन गरेर मुख्यमन्त्रीको राजीनामा माग गरे र नदिए कानुनी रूपमा हटाउने चेतावनी दिएका छन् ।

‘‘।भेटेर भन्छौँ अल्पमतमा पर्नुभयो जबरजस्ती नगर्नुस् राजीनामा दिनुस्’, उनले भने, ‘मान्नुभएन भने संविधान र कानुनका आधारमा स्टेप चाल्छौँ‘। त्यसपछि राजीनामा दिँदाखेरि अफठ्यारो गरी दिनुपर्छ, त्यो राजीनामा सहजतापूर्वक हुनेछैन, उहाँ हट्न बाध्य हुनुहुन्छ ।’

यसअघि काँग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता र कोशीका मुख्यमन्त्री कार्कीबीच बिहीबार भएको छलफलले सरकार नछाड्ने निष्कर्ष निकालेको थियो ।

तर एमालेले भने मुख्यमन्त्री राजनीतिक हिसाबले अल्पमतमा रहेका कारण राजीनामा दिनुपर्ने जिकिर गरे । ‘राजीनामा नदिने हो भने सत्तापक्ष अल्पमतमा देखिनेछ र विपक्षी बहुमतमा छ त्यस्तो अवस्थामा मुख्यमन्त्रीले राजीनामा दिनुको विकल्प छैन’, एमाले नेता भण्डारीले भने, ‘राजीनामा नदिए संविधानको धारा १८८ बमोजिम विश्वासको मत लिनुपर्‍यो । यदि प्रक्रियामा पनि नगएर जबरजस्ती गर्न खोज्नुभयो भने संविधानको सर्वोच्चता, सर्वोच्च अदालतको आदेश, कानुन बमोजिम उहाँलाई हटाउँछौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस