भोलि पुनः बस्ने गरी सकियो न्यूनतम साझा कार्यक्रम तय गर्न बसेको कार्यदलको बैठक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भोलि पुनः बस्ने गरी सकियो न्यूनतम साझा कार्यक्रम तय गर्न बसेको कार्यदलको बैठक


१ चैत्र २०८०, बिहिबार


काठमाडौँ । सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम तय गर्न बनेको कार्यदलको बैठक भोलि पुनः बस्ने भएको छ । बिहीबार अर्थ मन्त्रालयमा बसेको बैठक अनौपचारिक रूपमा छलफल गरी भोलि पुनः बस्ने गरी सकिएको हो ।

अर्थमन्त्री वर्षमान पुन संसद बैठकमा व्यस्त भएपछि कार्यदलको बैठक अनौपचारिक रूपमा मात्रै बसेर सरेको हो ।

नयाँ गठबन्धनको कार्यदलमा नेकपा (एमाले) बाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति वाग्ले र महासचिव डा. मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ तथा नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल सदस्य छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस