अर्थमन्त्री पुनले लघुवित्त संघर्ष समितिलाई वार्तामा बोलाए « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

अर्थमन्त्री पुनले लघुवित्त संघर्ष समितिलाई वार्तामा बोलाए


३० फाल्गुन २०८०, बुधबार


काठमाडौँ । अर्थ मन्त्रालयले आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित संघर्ष समितिलाई वार्तामा बोलाएको छ ।

अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’को निर्देशनमा मन्त्रालयले शुक्रबार अपराह्न २ बजे लघुवित्त पीडितका प्रतिनिधिलाई वार्ताका लागि सिंहदरवारस्थित मन्त्रालयमा बोलाएको हो ।

मन्त्रालयद्वारा सहसचिव एवं वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा प्रमुख नारायणप्रसाद रिसाल नेतृत्वमा गठित समितिले पीडितका प्रतिनिधिलाई वार्तामा बोलाएको हो ।

उक्त समितिमा गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई, कानून मन्त्रालयका उपसचिव झइन्द्र गुरागाईं, नेपाल राष्ट्र बैंकका प्रतिनिधि छन् । समितिको सदस्यसचिवमा अर्थ मन्त्रालयका उपसचिव केशव उप्रेती छन् । मन्त्री पुनले समितिलाई संघर्ष समितिसँग वार्ता गरी उनीहरूका माग सम्बोधन गर्ने उपायसहित प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस