तीन प्रदेश प्रमुखले लिए शपथ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

तीन प्रदेश प्रमुखले लिए शपथ


३० फाल्गुन २०८०, बुधबार


काठमाडौँ । सत्ता गठबन्धन फेरिएपछि नियुक्त भएका तीन प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शीतल निवासमा भएको एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त प्रदेश प्रमुखले शपथ लिएका हुन् ।

शपथ लिनेमा सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ, मधेश प्रदेश सुमित्रा भण्डारी सुवेदी र गण्डकी प्रदेशमा डिल्लीराज भट्टले रहेका छन् ।

उनीहरूलाई सोमबारको मन्त्रिपरिषद्को बैठकले नियुक्त गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस