सेन्चुरी बैंकका तत्कालीन सीईओ न्यौपानेसहित १० जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सेन्चुरी बैंकका तत्कालीन सीईओ न्यौपानेसहित १० जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति


२९ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । बैंकिङ कसुरमा पक्राउ परेका सेन्चुरी कमर्सियल बैंक लिमिटेडका तत्कालीन सीईओ मनोज न्यौपाने (हाल प्रभु बैंकका डेपुटी सीईओ) सहित १० जनालाई थप ५ दिन हिरासतमा राख्न उच्च अदालत पाटनले अनुमति दिएको छ ।

उनीहरूलाई हिरासतमै राखेर अनुसन्धान गर्न थप ५ दिन प्रहरीलाई समय दिइएको अदालतका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए । न्यौपानेसहित सेन्चुरी बैंकका पूर्वसीईओ तुलसी गौतम, कर्मचारी राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान, र सुनिल बस्नेतलाई १५ माघमा पक्राउ गरिएको थियो ।

उनीहरूमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरी अनुसन्धान गरिरहेको हो ।

सम्बन्धित समाचार : प्रभु बैंकका डेपुटी सीईओ र सेन्चुरी बैंकका पूर्वसीईओ पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस