प्रभु बैंकका डेपुटी सीईओ र सेन्चुरी बैंकका पूर्वसीईओ पक्राउ « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

प्रभु बैंकका डेपुटी सीईओ र सेन्चुरी बैंकका पूर्वसीईओ पक्राउ


१५ फाल्गुन २०८०, मंगलबार


घुससहित रंगेहात पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले प्रभु बैंकका डेपुटी सीईओ र सेन्चुरी बैंकका पूर्वसीईओसहित १० जना पक्राउ परेका छन् । 

बैंकिङ कसुरमा सेन्चुरी बैंकका तत्कालिन सीईओ मनोज न्यौपाने(हाल प्रभु बैंकका डेपुटी सीईओ) र पूर्वसीईओ तुल्सीराम गौतमसहित १० जनालाई राजधानीको विभिन्न स्थानबाट पक्राउ गरिएको हो । कमसल धितो राखेर उनीहरूले बैंकि कसुर गरेको बताइएको छ ।

उनीहरूविरुद्ध नेपाल राष्ट्र बैंकअन्तरगतको कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । सेन्चुरी कमर्सियल बैंकमा रहँदा प्रवाह भएको ऋण अनियमितता गरेको आरोप उनीहरूमाथि छ ।

कम धितो राखेर बढी ऋण प्रवाह गरी बैंकलाई हानी नोक्सानी पुराएको तथा नेपाल राष्ट्र बैंकको पत्रका आधारमा उनीहरूलाई पक्राउ गरिएको अधिकारीहरूले जनाएका छन् । 

थप अपडेट गरिएको -सम्पादक

Tags :
प्रतिक्रिया दिनुहोस