पशुपतिनाथ मन्दिरमा पुगेर राष्ट्रपतिद्वारा पूजा अर्चना « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पशुपतिनाथ मन्दिरमा पुगेर राष्ट्रपतिद्वारा पूजा अर्चना


२५ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन तथा पूजा अर्चना गरेका छन् ।

नेपालका राष्ट्राध्यक्षले शिवरात्रिका दिन आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने प्रचलन अनुसार उनले पशुपतिनाथको दर्शनसँगै पूजा अर्चना गरेका हुन् ।

शिवभक्तहरूले शिवरात्रिका दिन व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र आदि पूजा सामग्री चढाएर पूजा गर्ने गर्छन् ।

शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा रातिदेखि नै दर्शनार्थीको घुइँचो लागेको छ ।

यस वर्षको महाशिवरात्रिमा कम्तीमा २० लाख जना भक्तजनले पशुपतिको दर्शन गर्ने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस