नयाँ गठबन्धनलाई साथ समर्थन जनाउन अन्य दललाई एमालेको आग्रह « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नयाँ गठबन्धनलाई साथ समर्थन जनाउन अन्य दललाई एमालेको आग्रह


२५ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमालेले नयाँ गठबन्धनमा साथ समर्थनका लागि अन्य राजनीतिक दललाई पनि अनुरोध गरेको छ ।

च्यासलमा बसेको सचिवालय बैठकले सत्ता समीकरणमा आएको परिवर्तनलाई सकारात्मक रूपमा ग्रहण गरेको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।

मुलुकको संकटको अवस्थाबाट पार लाउने जनतालाई आशा र विश्वास मुलुकको स्थायित्व र विकासमा टेवा पुर्‍याउन एमालेले सकारात्मक भूमिका गर्नुपर्छ भन्ने बैठकले निष्कर्ष निकालेको उनले बताए ।

‘नयाँ सहकार्य फलदायी बनाउनुपर्छ र देशको विकास, स्वाधीनता रक्षा र समृद्धिका लागि यसले अनुकूलता सिर्जना गरेको छ । ‘प्रचण्ड’ नेतृत्वमा ५ राजनीतिक दलमा सामेल भएर सरकार निर्माणको प्रक्रियामा अघि बढेका छौँ । यो नयाँ प्रक्रियालाई साथ समर्थन गर्न अन्य राजनीति दललाई पनि अनुरोध गरेका छौँ ।

देशमा उत्पन्न निराशालाई चिर्ने देशभित्रै केही हुनसक्छ भन्ने सकारात्मक सन्देश दिने प्रयाससहित नयाँ गठबन्धन सरकार अघि बढ्ने पनि उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस