श्रीमानको कुटपिटबाट महिलाको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु


२५ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । भक्तपुरमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । 

बिहीबार साँझ मादक पदार्थ सेवन गरी घर आएका श्रीमान् २५ वर्षीय सन्तोष भुजेलले श्रीमती २१ वर्षीया पवित्रा राईलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । 

पवित्रालाई उपचारका लागि भक्तपुर जिल्ला अस्पताल लगिएकोमा बेलुकी ७ : १५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसरका डिएसपी वसन्त पाठकले जानकारी दिए । 

सिन्धुपाल्चोकको मेलम्ची घर भएका उनीहरू भक्तपुरको चाँगुनारायण नगरपालिका-३, झौखेलमा मनोजकुमार बुढाथोकीको घरमा बस्दै आएका थिए । 

सन्तोषलाई नियन्त्रणमा लिएर घटनाको विषयमा अनुसन्धान अघि बढाइएको प्रहरीले जाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस