प्रधानमन्त्रीले आफैँसँग राखे स्वास्थ्य र वन मन्त्रालय  « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

प्रधानमन्त्रीले आफैँसँग राखे स्वास्थ्य र वन मन्त्रालय 


२३ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधवार मन्त्रिमण्डल विस्तार गरेका छन् । 

विस्तारित मन्त्रिमण्डल २० सदस्यीय भएको छ । बुधबार एमाले, माओवादी, रास्वपा र एकीकृत समाजवादीका तर्फबाट मन्त्री थप गर्दै यसअघिको चार सदस्यीय मन्त्रीमण्डल विस्तार गरी २० सदस्यीय बनाएका हुन् । तर २ वटा मन्त्रालय अझै प्रधानमन्त्री ‘प्रचण्ड’सँग रहेका छन् ।

वन तथा वातावरण र स्वास्थ्य मन्त्रालय प्रधानमन्त्री आफैँले राखेका हुन् । ती मन्त्रालय जसपालाई छुट्याइएको थियो । तर जसपाले तत्काल मन्त्री नपठाएकाले उसको भागमा परेका मन्त्रालय प्रधानमन्त्री आफैँले राखेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस