सरकार ढल्दैन चिन्ता नगर्नुहोला मुख्यमन्त्री शाह « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सरकार ढल्दैन चिन्ता नगर्नुहोला मुख्यमन्त्री शाह


२२ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीहरूलाई तत्काल सरकार नढल्ने ब्रिफिङ गरेका छन् ।

आज मुख्यमन्त्री निवासमा काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीका मन्त्रीलाई मुख्यमन्त्री शाहले बोलाएका थिए । छलफलमा मुख्यमन्त्री शाहले काँग्रेसका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा, काँग्रेसकै आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्ट, माओवादी केन्द्रका सामाजिक विकास मन्त्री झपट साउद र आर्थिक मामिला मन्त्री नरेश शाहीसँग छलफल गरेका हुन् ।

छलफलमा तत्काल आफूले राजीनामा नदिने र सरकार ढल्ने अवस्था पनि नरहेको जिकिर गरेका थिए । मुख्यमन्त्री शाह काँग्रेसका हुन् । केन्द्रमा भएको गठबन्धनमा अहिलेसम्म नगरीकन उन्मुक्ति र नेकपा एकीकृत समाजवादीले कुनै निर्णय गरेका छैनन् । यी दुई पार्टी नयाँ गठबन्धनमा सहभागी नहुँदा सरकार सुरक्षित रहेको मुख्यमन्त्री शाहको जिकिर थियो ।

५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा अहिले ५२ जना प्रदेश सभा छन् । यहाँ काँग्रेस १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ नेकपा एकीकृत समाजवादीका ४ जना प्रदेशसभा सदस्य छन् । यहाँ राप्रपा १ र स्वतन्त्रका १ प्रदेशसभा सदस्य छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस