कृषिमन्त्रीको राजीनामा माग्दै लुम्बिनीका किसान सडकमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कृषिमन्त्रीको राजीनामा माग्दै लुम्बिनीका किसान सडकमा


१७ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ। किसानहरूले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा कृषिमन्त्रीको राजीनामा मागसहित चक्काजाम गरेका छन् । दुग्ध किसानहरूको समस्याप्रति सरकार गम्भीर नभएको भन्दै दुग्ध उत्पादक सहकारी संघको आव्हानमा उनीहरूले कृषिमन्त्री बेदुराम भुसालको राजीनामा मागेका छन् ।

रुपन्देही शाखाले बुटवलको राजमार्ग चौराहामा चक्काजाम गर्न लाग्दा प्रहरीको अवरोध भएपछि कोणसभा गरेका थिए । सडकमा केहीबेर प्रहरी र किसानबीच ठेलमठेल भएको छ ।

दूधको भुक्तानी दे, किसान मार्न पाइँदैन, कृषि उत्पादनको बजार सुनिश्चित गर, कमिसन खोर मुर्दावाद, हाम्रो माग पूरा गर, कृषि क्षेत्रको बिचौलिया अन्त्य गर, दूधको चोरी पैठारी बन्द गर, दूधजन्य पदार्थको आयात बन्द गर, दूधको भुक्तानी तत्काल गर, दूधको बजारको सुनिश्चितता गर, कृषि अनुदान व्यवस्थित गरलयायतका नारा लगाउँदै किसानहरू सडकमा उत्रिएका हुन् ।

दुग्ध उत्पादक संघका केन्द्रीय सञ्चालक सदस्य तथा रुपन्देही अध्यक्ष लेखनाथ पाण्डेले केन्द्रीय सर्कुलर अनुसार नै आफूहरू चक्काजामको कार्यक्रम गर्न लाग्दा प्रहरीबाट दमन गर्न खोजेको आरोप लगाए ।

आम किसानको समस्याप्रति सरकार उदासीन हुँदा आर्थिक नोक्सानी बेहोर्नुपरेको उनले दुखेसो गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस