बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु


१६ फाल्गुन २०८०, बुधबार


काठमाडौँ। बिद्युत् पोल ढलेर लाग्दा मकवानपुरमा एक जना वडा सदस्यको ज्यान गएको छ । काठको पोल ढलेर थिचिँदा गम्भीर घाइते भएका मकवानपुर बकैयाका गाउँपालिका वडा नम्बर-७ का रामकुमार तितुङको मृत्यु भएको हो ।

मंगलबार दिउँसो १ : ३० बजे मकवानपुर जिल्ला बकैया गाउँपालिका ७ मानदमार निवासी तितुङलाई आफ्नै घर अगाडि हिँडिरहेको अवस्थामा एक्कासी बिजुलीको पोल ढलेर लागेको थियो ।

पोलले लागेर गम्भीर भएका उनलाई उपचारको लागि हेटौँडाको चुरेहिल अस्पताल पठाएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो ।

उनको उपचारको क्रममा भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस