संसद छिर्ने लघुवित्तका पीडितलाई सात दिन हिरासतमा राखिने « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

संसद छिर्ने लघुवित्तका पीडितलाई सात दिन हिरासतमा राखिने


१५ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा प्रवेश गरेका लघुवित्त पीडितलाई सातदिन हिरासतमा रहने भएका छन् ।

लघुवित्तको ऋण मिनाहा हुनुपर्ने लगायतको माग राखेर आन्दोलन गर्न आएका झण्डै ५० जना ऋणीहरू सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा प्रवेश गरेका थिए ।

सम्बन्धित समाचार : संसद् भवनमै प्रवेश गरे लघुवित्त पीडित

सम्बन्धित समाचार : संसद भवनमा मिटरब्याज पीडित प्रवेशको घटनाबारे अनुसन्धान गर्न समिति गठन

उनीहरूलाई प्रहरीले तत्काल पक्राउ गरेर महानगरीय प्रहरी वृत्त सिंहदरवारमा राखेको थियो ।

सम्बन्धित समाचार : खोसियो संसद् भवनमा खटिएका इन्स्पेक्टरसहित ३२ सुरक्षाकर्मीको जिम्मेवारी 

प्रहरीले शान्ति सुरक्षामा खलल पारेको अभियोगमा अनुसन्धान गर्न उनीहरूलाई सातदिन हिरासतमा राख्न अनुमति मागेको थियो । जिल्ला अदालत काठमाडौँले हिरासतमा राख्न अनुमति दिएको प्रहरी स्रोतले जानकारी दिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस