संसद भवनमा मिटरब्याज पीडित प्रवेशको घटनाबारे अनुसन्धान गर्न समिति गठन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

संसद भवनमा मिटरब्याज पीडित प्रवेशको घटनाबारे अनुसन्धान गर्न समिति गठन


१४ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । संसद भवनमा आज मिटरब्याज पीडित प्रवेशको घटना अनुसन्धान गर्न प्रहरीले छानबिन समिति गठन गरिएको छ । 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयले एसएसपी दिनेश राज मैनालीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिको सदस्यमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारी र काठमाडौँ उपत्यका प्रहरी कार्यालयका डीएसपी रहेको एसएसपी मैनालीले प्रशासनलाई बताए ।

सोमबार नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सञ्चालन भइरहेको बेलामा मिटरब्याजबाट पीडित ऋणीहरूले परिसरमै पुगेर नाराबाजी गरेका हुन् । 

लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर काठमाडौँमा आन्दोलन गर्न आएका ऋणीहरू संसद् भवनभित्रै प्रवेश गरेका थिए ।

सम्बन्धित समाचार : संसद् भवनमै प्रवेश गरे लघुवित्त पीडित

संसद् भवनभित्रै प्रवेश गरेका ४८ महिला र १ जना पुरुषलाई प्रहरीले नियन्त्रणमा एसएसपी मैनालीले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस