खोसियो संसद् भवनमा खटिएका इन्स्पेक्टरसहित ३२ सुरक्षाकर्मीको जिम्मेवारी  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

खोसियो संसद् भवनमा खटिएका इन्स्पेक्टरसहित ३२ सुरक्षाकर्मीको जिम्मेवारी 


१४ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी निरीक्षकसहितको टोलीलाई प्रहरी प्रधान कार्यालय, नक्सालले एकैसाथ जिम्मेवारीबाट हटाएको छ ।

लघुवित्तका ऋणीहरुको टोली संसद् भवन परिसरभित्र प्रवेश गरेपछि गृह मन्त्रालयको नेतृत्वमा संसद् भवन परिसरमा खटिएको सुरक्षा टोलीलाई हटाइएको केन्द्रिय प्रहरी प्रवक्ता भिम प्रसाद ढकालले जानकारी दिए । 

ढकालका अनुसार, यसरी जिम्मेवारीबाट हटाइनेमा इन्स्पेक्टरसहित ३२ जना छन् । उनीहरूको ठाउँमा नयाँ टोली समेत पठाइसकिएको छ ।

सोमबार दिउँसो भएको घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाइसकेको छ । समितिमा काठमाडौँ प्रहरीका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य छन् ।

सम्बन्धित समाचार : संसद भवनमा मिटरब्याज पीडित प्रवेशको घटनाबारे अनुसन्धान गर्न समिति गठन

निषेधित क्षेत्र पार गरेर संसद् भवनभित्र छिरेको आरोपमा प्रहरीले ४९ जना लघुवित्त पीडितलाई नियन्त्रणमा लिएको छ । 

सम्बन्धित समाचार : संसद् भवनमै प्रवेश गरे लघुवित्त पीडित

Tags :
प्रतिक्रिया दिनुहोस