नेतालाई चोख्याउने र कर्मचारी थुन्न सक्ने हैसियतमा देखियो अख्तियार « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेतालाई चोख्याउने र कर्मचारी थुन्न सक्ने हैसियतमा देखियो अख्तियार


१५ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेताहरूलाई चोख्याउने र कर्मचारीलाई थुन्न सक्ने हैसियतमा देखिएको टिप्पणी गरेका छन् ।

अख्तियारले दिएको मुद्दामा हालै हालै ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले मन्त्रीहरूलाई सफाइ दिएको थियो भने कर्मचारीलाई दोषी ठहर गरेको थियो ।

मंगलबार अख्तियार प्रमुख प्रेमकुमार राई उपस्थित प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा अध्यक्ष लिङ्देनले अहिले कर्मचारीहरू निर्णय गर्न नै डराउन थालेको बताए ।

‘अख्तियार राजनीति क्षेत्रलाई चोख्याउने र कर्मचारीलाई थुन्ने वा तह लगाउनसम्म सक्ने देखिएको छ । यसले के आतंक सिर्जना भएको छ भने अब काम गर्दा कर्मचारी परिन्छ, नेता उम्किने कर्मचारी थुनिने भएपछि हामीले फाइल किन बढाउने भन्ने परेर झन् ठूलो नोक्सानी भएको छ’, उनले भने ।

नेता लिङ्देनले अख्तियारले राजनीतिक दलका नेतालाई कारबाही गर्न के कठिनाइ भएको छ भन्ने प्रश्न पनि गरे । ‘के सहयोग चाहियो, के भएर अख्तियार बन्धक भएर बसेको छ रु’, लिङ्देनले सोधे ।

सामान्य आँखाले देख्दा पनि छोड्नै नमिल्ने विषयमा अख्तियारले राजनीतिक दलका नेताहरूलाई उन्मुक्ति दिइरहेको आफूले पाएको उनले बताए ।

प्रधानमन्त्रीले सचिव र महानिर्देशकलाई बोलाएर दिएको निर्देशनलाई पनि नीतिगत निर्णय भनेर उन्मुक्ति दिएको हो ? भन्ने उनको प्रश्न छ ।

Tags :
प्रतिक्रिया दिनुहोस