दूध किसानको भुक्तानी गर्न कृषि समितिले दिएको निर्देशन कहाँ पुग्यो ? भन्दै सरकारलाई आरजूको प्रश्न « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

दूध किसानको भुक्तानी गर्न कृषि समितिले दिएको निर्देशन कहाँ पुग्यो ? भन्दै सरकारलाई आरजूको प्रश्न


१४ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका सांसद डा. आरजू राणाले दूध किसानको रकम भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भनिन्, ‘कात्तिक १५ गते कृषि समितिले सरकारलाई दूध किसानहरूको रकम भुक्तानी गर्न निर्देशन पठाएको थियो त्यो कहाँ पुग्यो ?’

उनले बजेटमाथि छलफल गर्नुअघि बजेट कार्यान्वयनको विषयमा कसरी लाग्ने भन्ने कुरामा ध्यान दिन आवश्यक रहेको बताइन् । बजेट आफ्नो क्षेत्रमा लान भन्दा पनि अघिल्लो बर्ष गएको बजेट खर्च गर्नतिर ध्यान दिनुपर्नेमा जोड दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस