सरकारी जग्गा फिर्ता ल्याउने काम ओलीको पालामा सुरु भएको भन्दै एमालेले खोज्यो अपन्त्व « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सरकारी जग्गा फिर्ता ल्याउने काम ओलीको पालामा सुरु भएको भन्दै एमालेले खोज्यो अपन्त्व


१० फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेकपा एमालेले सरकारी जग्गा फिर्ता हुने तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारमा छानबिन भएको बताएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर पार्टीको तर्फबाट बोल्दै एमाले सांसद रघुजी पन्तले सरकारी जग्गाको छानबिन केपी ओली नेतृत्वको सरकारको पालामा भएको बताए ।

‘आज सुशासनको भाषण गर्दै हिँड्ने, सुशासनको भाषण गरेर नथाक्ने । सरकारी जग्गा फिर्ता ल्याएँ हँ त्यो सरकारी जग्गाको छानबिन कसको पालामा भएको थियो ? ओलीको पालामा हैन ? सुरु कल्ले गरेको थियो ?’ एमाले सांसद पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न गरे ।

सम्बन्धित समाचार : आठ खर्ब बराबरको सरकारी जग्गा फिर्ता ल्याइएको छ : प्रधानमन्त्री ‘प्रचण्ड’

Tags :
प्रतिक्रिया दिनुहोस