मुख्यमन्त्री चौधरी र प्रधानमन्त्रीबीच भेटवार्ता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मुख्यमन्त्री चौधरी र प्रधानमन्त्रीबीच भेटवार्ता


९ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शिष्टाचार भेटवार्ता भएको छ।

काठमाडौँमा भएको भेटवार्तामा प्रधानमन्त्रीले प्रदेश सभामा सम्बोधन गर्ने र लुम्बिनीमा हुन लागेको शिखर सम्मेलनबारे छलफल भएको छ। सो अवसरमा प्रधानमन्त्री लुम्बिनीको स्थानी राजधानी क्षेत्रमा आउने विषयमा समेत छलफल भएको छ।

प्रदेश सरकार र सदनको आग्रहमा प्रधानमन्त्री १९ गते प्रदेश सभाको बैठकलाई सम्बोधन गर्न आउन लागेका हुन्। प्रधानमन्त्रीलाई भेट गर्न मुख्यमन्त्रीसहित सभामुख तुलाराम घर्तीमगर पनि साथमा गएका थिए। लुम्बिनीमा फागुन १८ गतेदेखि हिउँदे अधिवेशन सुरु हुँदै छ।

Tags :
प्रतिक्रिया दिनुहोस