हचुवामा अस्थायी र करार कर्मचारी नहटाउन सतर्कता केन्द्रको निर्देशन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

हचुवामा अस्थायी र करार कर्मचारी नहटाउन सतर्कता केन्द्रको निर्देशन


१ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले करार तथा अस्थायी कर्मचारीलाई हचुवाका भरमा नहटाउन निर्देशन दिएको छ । केन्द्रले तीनै तहका सरकारलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत निर्देशन दिएको हो ।

केन्द्रका उपसचिव हीरामणि सुवेदीले मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै राष्ट्रिय सतर्कता केन्द्र (कार्य सञ्चालन) नियमावली, २०६५ को नियम ७ (३) बमोजिम प्रधानमन्त्रीस्तरबाट भएको निर्णय कार्यान्वयन गर्न तीनै तहका सरकारलाई भनेका हुन् ।

‘प्रचलित कानुनमा व्यवस्था भएमा बाहेक व्यक्तिगत पूर्वाग्रह राखी हचुवाको भरमा कुनै पनि करार/अस्थायी कर्मचारीलाई सेवाबाट हटाउने कार्य नगर्न/नगराउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका कार्यालयहरूलाई लेखी पठाउन राष्ट्रिय सतर्कता केन्द्र (कार्य सञ्चालन नियमावली, २०६५ को नियम ७ (३) बमोजिम त्यहाँ मन्त्रालयलाई निर्देशन दिने भनी मिति २०८०/१०/२९ को निर्णय (सम्माननीय प्रधानमन्त्रीस्तर) भएकोले सोही बमोजिम कार्यान्वयनको लागि अनुरोध छ’, केन्द्रले भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस