नेपाल टेलिकमको आम्दानी घट्यो, प्रति सेयर आम्दानी ४३.६८ रुपैयाँ मात्रै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाल टेलिकमको आम्दानी घट्यो, प्रति सेयर आम्दानी ४३.६८ रुपैयाँ मात्रै


१ फाल्गुन २०८०, मंगलबार


नेपाल टेलिकम

काठमाडौँ । गत वर्षको तुलनामा यस वर्ष नेपाल टेलिकमको आम्दानी घटेको छ । टेलिकमले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०-०८१ को दोस्रो त्रैमासिकको बित्तीय विवरणअनुसार गत वर्षको पहिलो छ महिनाको तुलनामा यो वर्ष आम्दानी घटेको हो ।

टेलिकमले साउनदेखि पौष मसान्तसम्ममा २१ अर्ब ३० करोड ९३ लाख ७९ हजार रुपैयाँ आम्दानी गरेको छ । जबकि अघिल्लो वर्ष यही अवधिमा २२ अर्ब १० करोड ११ लाख ३७ हजार रुपैयाँ आम्दानी गरेको थियो । यसआधारमा गत वर्षभन्दा यो वर्ष ७९ करोड १७ लाख ५७ हजार रुपैयाँ कमी आएको हो । टेलिकमका अनुसार गत वर्षभन्दा यो वर्ष ३.५८ प्रतिशतले गिरावट आएको हो । पछिल्लो त्रैमासमा टेलिकमले प्रति सेयर ४३.६८ रुपैयाँ आम्दानी गरेको छ ।

यो अवधिमा टेलिकमले १७ अर्ब २४ करोड ६७ लाख रुपैयाँ खर्च भएको जनाएको छ । जसकाअनुसार टेलिकमलाई ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ मुनाफा भएको छ । टेलिकमले दुर्गममा सेवा विस्तार गर्नुपर्दा खर्च बढेको र सेवा शुल्क दरमा कटौती गर्नुपर्दा आम्दानी घटेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस