सुन जाँचबुझ आयोगले लियो क्यासिनो वाल्डोका सञ्चालकसँग बयान « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुन जाँचबुझ आयोगले लियो क्यासिनो वाल्डोका सञ्चालकसँग बयान


२९ माघ २०८०, सोमबार


काठमाडौँ । सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले ठमेलस्थित क्यासिनो वाल्डोका सञ्चालकसँग बयान लिएको छ ।

छायाँ सेन्टरमा रहेको क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक फ्लोरेन्स लगायतसँग बयान लिएको आयोग स्रोतले बताएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास भएर बाहिरिएको ६१ किलो सुन तस्करी प्रकरणका चिनियाँ अभियुक्तको सम्बन्ध क्यासिनो वाल्डोसँग जोडिएको थियो । मुख्य आरोपी याओ पुचिङ नियमित रूपमा यो क्यासिनो जाने र हुण्डी कारोबार गर्ने गरेको भेटिएको थियो ।

यसअघि आयोगले यो मामिलामा माओवादी नेता कृष्णबहादुर महरा, उनका छोरा राहुल महरा, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन लगायतसँग बयान लिइसकेको छ । 

सम्बन्धित समाचार : सुन तस्करी जाँचबुझ आयोगले दिपेश पुनसँग लियो बयान

सम्बन्धित समाचार : कृष्णबहादुर महरा र भीमकान्तसँग सुन जाँचबुझ आयोगले लियो बयान

Tags :
प्रतिक्रिया दिनुहोस