कृष्णबहादुर महरा र भीमकान्तसँग सुन जाँचबुझ आयोगले लियो बयान « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कृष्णबहादुर महरा र भीमकान्तसँग सुन जाँचबुझ आयोगले लियो बयान


२५ माघ २०८०, बिहिबार


काठमाडौँ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिएको छ।

आयोगले ६० किलो र ९ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका लागि महरासँग बिहीबार दिउँसो बयान लिएको हो।आयोगले महरासँग करिब डेढ घण्टा बयान लिएको बताइएको छ । आयोगले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग पनि बयान लिएको हो।

महरा ९ किलो सुन प्रकरणमा जोडिएका थिए। भेपमार्फत तस्करी गरिएको सुन प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको प्रतिवेदनमा लिंक चार्ट बनाएको थियो। जसमा सुन तस्करका मुख्य नाइके भनिएका दाओजिन वाङसँग महराको सम्पर्क भएको देखिएको थियो। लिंक चार्टमै सिआइबीले महराको नाम उल्लेख गरेको थियो।

महराका छोरा राहुल पनि यसमा जोडिएका थिए। पुरक अनुसन्धान गरी राहुललाई सिआइबीले पक्राउ गरेको थियो। हाल राहुल पुर्पक्षको लागि थुनामा छन्। आयोगले ६० किलो सुन तस्करी र ९ किलो भेपमार्फत गरिएको सुन तस्करीको सम्बन्धमा अनुसन्धान गरिरहेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस