‘कर्मचारी र नेता भएपछि जसरी पनि कमाउनुपर्छ भन्ने शिक्षाले देश ध्वस्त पार्‍यो’ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

‘कर्मचारी र नेता भएपछि जसरी पनि कमाउनुपर्छ भन्ने शिक्षाले देश ध्वस्त पार्‍यो’


२८ माघ २०८०, आइतबार


काठमाडौँ । सांसद चित्रबहादुर केसीले कर्मचारी भएपछि जसरी पनि अकुत सम्पत्ति कमाउनुपर्छ भन्ने ‘शिक्षा’ले नेपाल ध्वस्त भएको बताएका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा उनले सो गुनासो गरेका हुन् ।

नेता र कर्मचारीमा कमाउनुपर्छ भन्ने मानसिकता हाबी हुँदा देश ध्वस्त भएको केसीको भनाई छ । कुनै पनि देश ध्वस्त पार्नुपरे शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाइदिँदा पर्याप्त हुने भन्दै सांसद केसीले आक्रोश पोखेका छन् ।

“कुनै देशलाई ध्वस्त पार्नु छ भने शिक्षा ध्वस्त पारिदिनुपर्छ । हाम्रोमा कर्मचारी भएपछि जसरी पनि कमाउनुपर्छ, नेता भएपछि जसरी पनि कमाउनुपर्छ भन्ने शिक्षाले ध्वस्त पारिरहेको छ,” उनले भने ।

उनले कुनै एक कर्मचारीलाई कारबाही गरेर देशको हित नहुने भन्दै नेतृत्वको मानसिकता बदलिनुपर्ने र कानुनी सुधार गरिनुपर्ने धारणा राखे ।

Tags :
प्रतिक्रिया दिनुहोस