लोक सेवा आयोगको लिखित परीक्षा स्थगित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लोक सेवा आयोगको लिखित परीक्षा स्थगित


२६ माघ २०८०, शुक्रबार


काठमाडौँ । लोक सेवा आयोगले लिखित परीक्षा तत्कालका लागि स्थगित गरेको छ ।

आज एक सूचना जारी गर्दै आयोगले प्रदेश लोक सेवा आयोग मधेस प्रदेश, जनकपुरधाम परीक्षा शाखाले लिखित परीक्षा स्थगन गरिएको जनाएको हो । 

सूचना नं. १६४- २०८०/८१ प्रकाशन मिति २०८०/१०/२५ यस आयोगको पूर्व प्रकाशित सूचना अनुसारको मिति २०८०/१०/२९ गते र सो पछिका सम्पूर्ण लिखित परीक्षाको कार्यक्रम प्राविधिक कारणले अर्को सूचना प्रकाशन नभए सम्मका लागि हाललाई स्थगन गरिएको जनाएको हो । आयोगको मिति २०८०/१०/२५ गतेको निर्णय गरी परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस