२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेश जाने जनशक्ति दक्ष भए अझै रेमिट्यान्स भित्रिन्छ : चन्द्र ढकाल

अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अदक्ष कामदार मात्रै वैदेशिक रोजगारमा जानु पर्छ भन्ने भाष्य बनेको बताएका छन् । वैदेशिक रोजगारीमा पठाउनै पर्ने भएमा दक्ष जनशक्ति पठाउन सकेको खण्डमा अहिलेको तुलनामाभन्दा धेरै ठूलो मात्रामा रेमिट्यान्स भित्र्याउने सम्भावना रहेको उनको भनाइ छ ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष ढकालले स्वदेशमै रोजगारी सिर्जना गर्नका लागि सरकारले औद्योगिक र व्यावसायिक गतिविधिलाई प्रवर्धन गर्नुपर्ने बताएका हुन् ।

सामाजिक सञ्जालमा व्यवसायीप्रति गरिने टिप्पणीले कहिलेकाहीँ आफूलाई नेपालमा ‘व्यापार व्यवसाय बढ्नु बढाउन अभिशाप हो कि !’ जस्तो लाग्ने गरेको पनि उनले बताएका छन् । खाडी मुलुक अदक्ष मात्र नभई दक्ष कामदारको पनि गन्तव्य बन्दै गएको उनको भनाइ छ ।

‘वैदेशिक रोजगार भनेको अदक्ष कामदारको लागि मात्र रहेको भाष्य बनेको छ, त्यस्तो होइन,’ उनले भने, ‘अमेरिकाको मान्छे पनि कतारमा काम गर्छ । अमेरिकामा भन्दा राम्रो तलब कतारमा हुन्छ । अवसर लिनका लागि विकसित देशबाट विकासोन्मुख देशमा पनि गएको छ ।’ दक्ष जनशक्ति उत्पादन गर्न स्वदेशमै तालिम दिने संघसंस्था खोल्नु पर्ने उनको भनाइ छ । स्वदेशी उद्योगमा दक्ष कामदारको अभाव भइरहँदा अर्कोतिर बेरोजगारी भएकै कारण वैदेशिक रोजगारमा समेत जान बाध्य भइरहेको उनको भनाइ छ ।