किसानले भैँसी बेचेर पैसा ल्याएको भन्यो भने प्रहरीले पत्याउँदैन, जेल हाल्छ : सांसद खतिवडा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

किसानले भैँसी बेचेर पैसा ल्याएको भन्यो भने प्रहरीले पत्याउँदैन, जेल हाल्छ : सांसद खतिवडा


२४ माघ २०८०, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुन बाहिरबाट ल्याएको सम्पत्तिलाई कडाइ गर्ने, तर अन्य सम्पत्तिको हकमा लगानीको वातावरण सिर्जना गर्ने गरी खुकुलो हुनुपर्ने बताएका छन् ।

बुधवार प्रतिनिधि सभामा सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकबारे छलफलमा बोल्दै खतिवडाले व्यापारीहरूलाई तर्साउने र थर्काउने अड्डाको रूपमा विकसित हुन नपाओस् भन्नका लागि सरकारले ध्यान दिनुपर्ने बताए ।

खतिवडाले किसानले भैँसी बेचेको पैसा पनि बोकेर हिँड्न मिल्ने वातावरण नभएको बताए । भैँसी बेचेको पैसा बोकेर हिँडेका किसानलाई प्रहरीले भेटे सम्पत्ति शुद्धीकरणको मुद्दामा जेल हाल्ने गरेको उनको भनाइ छ ।

‘एउटा गाउँको किसानले एउटा भैँसी बेचेर बाटामा हिँड्दै छ । र उसको साथमा चार÷पाँच लाख रुपैयाँ भेट्यो भने पुलिसले समाउँछ । तेरो आयस्रोत के हो ? कहाँबाट ल्याइस् भनेर समात्छ,’ उनले भने, ‘भैँसी बेचेर पैसा ल्याएको भन्यो भने पुलिसले पत्याउँदैन अनि त्यसलाई मनि लाउन्डरिङ अन्तर्गत जेल हाल्छ ।’ यो पद्धति अन्त्य गर्न सांसदहरूले बनाउनले कानुनले सहयोग गर्नुपर्ने उनको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस