प्रक्रिया पूरा गरेका कम्पनीको आइपिओ निष्कासन रोक्न हुँदैन : अध्यक्ष ढकाल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रक्रिया पूरा गरेका कम्पनीको आइपिओ निष्कासन रोक्न हुँदैन : अध्यक्ष ढकाल


२४ माघ २०८०, बुधबार


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीका आइपिओ निष्कासन रोक्न नहुने बताएका छन् ।

बुधबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले काठमाडौँमा आयोजना गरेको अन्तरक्रियामा ढकालले धितोपत्र बोर्डको अध्यक्ष नभएकै कारण प्रक्रिया पूरा भइसकेका कम्पनीको आइपिओ निष्कासन रोक्न नहुनेमा जोड दिए । २५ देखि ३० वटासम्म कम्पनी नियमित आईपीओमा लैजान लाइनमा रहेको भन्दै ढकालले ती कम्पनीका आइपियो निष्कासन गर्न दिनुपर्ने बताए ।

ढकालले भने, ‘माननीय अर्थमन्त्री ज्यु करिब २५ देखि ३० वटा कम्पनीहरू जुन रेगुलर आईपीयोमा लग्नको लागि लाइनमा छन् । त्यो धेरै महिनादेखि रोकिएको छ । ती कम्पनीले प्रक्रिया पुर्‍याएर एउटा चिठीको लागि कुरेर बसेका छन् । प्रक्रिया पूरा भएको र प्रक्रिया पूरा गर्ने अन्तिम चरणमा पुगेका कम्पनीलाई आइपिओ निष्कासन गर्न दिनुपर्छ भन्ने कुरा निजी क्षेत्रको तर्फबाट राख्छु। ’अध्यक्ष ढकालले प्रिमियममा दिनुपर्ने र गम्भीर प्रकृतिका बाहेक प्रक्रिया पूरा गरिसकेका कम्पनीका आइपिओ निष्कासन गर्न दिनुपर्ने बताए हुन्। बोर्डको अध्यक्षको कारणले प्रक्रिया पुर्‍याएका कम्पनीलाई रोक्न नहुनेमा उनले जोड दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस