प्रिबजेट छलफलबारे सांसदलाई प्रशिक्षण दिँदै माओवादी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रिबजेट छलफलबारे सांसदलाई प्रशिक्षण दिँदै माओवादी


२३ माघ २०८०, मंगलबार


काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आगामी आर्थिक वर्षको लागि बजेटका सिद्धान्त र प्राथमिकताका (प्रिबजेट)बारे संसदमा छलफल गर्नुपूर्व पार्टीका सांसदहरूलाई प्रशिक्षण दिने भएको छ ।

मंगलबार सिंहदरवारमा बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले बजेटका सिद्धान्त र प्राथमिकताकारबारे संसदमा छलफल गर्नुपूर्व सांसदहरूलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको बताए ।

‘सरकारले यही अधिवेशनमा सरकारको बजेटका सिद्धान्त र प्राथमिकताकारबारे छलफल गराउँदै छ । त्यो छलफल गर्नुभन्दा अघि नै हाम्रो दलका सबै मान्य सदस्यहरूलाई त्यसको बारेमा राम्रो स्पष्ट बनाउनका लागि अन्तर्क्रियासहितको प्रशिक्षण कार्यक्रम छन् । फागुनको १४ भन्दाअघि नै सम्पन्न गर्ने निर्णय गरेको छ’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस