नौजना जिल्ला न्यायाधीशको सरुवा, बैतडीका न्यायाधीश क्षेत्रीलाई डडेल्धुराको पनि जिम्मा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नौजना जिल्ला न्यायाधीशको सरुवा, बैतडीका न्यायाधीश क्षेत्रीलाई डडेल्धुराको पनि जिम्मा


२३ माघ २०८०, मंगलबार


काठमाडौँ । नौ जना जिल्ला न्यायाधीशको सरुवा गरिएको छ । न्याय परिषद्को मंगलबार बसेको बैठकले उनीहरूको सरुवा गरेको हो ।

न्यायपरिषद्ले कास्कीका जिल्ला न्यायाधीश ऋषिराम आचार्यको ललितपुर जिल्ला अदालतमा, सुनसरीका हरिप्रसाद कोइरालाको कास्कीमा, कास्कीका अवनी मैनालीको मकवानपुरमा, तेह्रथुमका प्रमेश पोखरेको पर्सा, रौतहटका तेजबहादुर खड्काको झापा र झापाका भीमबहादुर निरौलालाई तेह्रथुम जिल्ला अदालतमा सरुवा गरेको छ ।

त्यस्तै जिल्ला अदालत डडेलधुराका न्यायाधीश दयाराम ढकालको चितवनमा, नवलपुरका बाबुराम सुवेदीको मोरङ र दाङका कुलप्रसाद पाण्डेको नवलपुर जिल्ला अदालतमा काज सरुवा गरेको छ ।

बैठकले बैतडी जिल्ला अदालतका जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीलाई डडेल्धुरा जिल्ला अदालतको जिल्ला न्यायाधीशको हैसियतलेसमेत कामकाज गर्ने गरी तोक्न सिफारिस गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस