आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामा चल्यो महानगरको डोजर « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामा चल्यो महानगरको डोजर


२१ माघ २०८०, आइतबार


काठमाडौँ । सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ ।

काठमाडौँ महानगरपालिका-३१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका भौतिक संरचनामाथि डोजर चलाइएको महानगर प्रहरीले जनाएको छ ।

वडा कार्यालयले खेलकुद पार्क बनाउने तयारी गरेको सार्वजनिक जग्गामा बनेका अस्थायी घर टहरा भत्काउन सुरु गरिएको महानगर प्रहरीले जनाएको छ । नगर प्रहरीका अनुसार १४ वटा टहरा भत्काइरहेको छ ।

अस्थायी संरचनामा बस्ने व्यक्तिहरूले प्रयोग गर्दै आइरहेका भान्छाका सामान, फर्निचर लगायत सामानहरू हटाएर डोजर चलाउने काम भएको बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस