२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खेल क्षेत्रका लागि बजेट अपुग भयो : शेखर कोइराला 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले खेल विकासका लागि आवश्यक बजेट छुट्याउन नसकेको बताएका छन् । 

शनिबार कराते एकेडेमी सातदोबाटो, ललितपुरमा आयोजित तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता-२०८०’को समापन तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले चीनमा सम्पन्न एसियामा उत्कृष्ट प्रदर्शन गरेका कराते र क्रिकेट खेलाडीलाई पूर्वघोषित पुरस्कार वितरण गर्न नसकेको पनि बताए ।  

उनले भने, ‘नेपालमा खेलकुदको विकास भइराखेको छ । तर जसरी हुनुपर्ने थियो त्यसरी अघि बढिरहेको छैन । सरकारले जति बजेट छुट्टाउनु पर्ने हो त्यति छुट्याउन सकिरहेको देखिएन । एसियाड कराते र क्रिकेट विधाका खेलाडीलाई पुरस्कार दिने भनियो तर दिइएन ।’

मुलुकको विकासका लागि खेल क्षेत्रको विकास गर्नु अपरिहार्य रहेको कोइरालाको भनाइ थियो । खेलकुदले मानिसलाई अनुशासित बनाउने भन्दै नेता कोइरालाले खेल आत्मरक्षाका लागि मात्र नभई आध्यात्मिक समेत भएको बताए । उनले भने, ‘करातेले मात्रै होइन हरेक खेलकुदले मानिसलाई अनुशासित बनाउँछ । करातेको इतिहास हेर्ने हो भने चौधसय वर्ष अघिको खेल हो । आत्मरक्षाका लागि भनिएपनि आध्यात्मिक कुरा पनि करातेमा छ ।’

गत वर्षमात्रै अध्ययनकका लागि एक लाखभन्दा बढी विद्यार्थी देश बाहिर गएको स्मरण गराउँदै यसलाई रोक्न पनि खेल क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए । सन्त नेता कृष्ण प्रसाद भट्टराई पनि खेलप्रेमी नेता भएको स्मरण गराउँदै उनले प्रतियोगिताले उनको सम्मान अझै बढेको बताए । 

नेता कोइरालाले खेलमा हार र जित स्वाभाविक भएको भन्दै हारमा आत्तिने र जितमा मात्तिन नहुने बताए । आफूहरू संसदमा रहेको नाताले सधैँ खेल क्षेत्रको विकासका लागि सक्रिय रहने विश्वास नेता कोइरालाले दिलाए ।

प्रतिक्रिया दिनुहोस