२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘टिआरसीका विवाद छिटो टुंग्याउनेबारे प्रधानमन्त्रीसँग छलफल भयो’

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । शुक्रबार बिहान सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने विषयमा छलफल भएको छ ।

छलफलपछि बाहिरिएपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डसँग शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेबारे छलफल भएको बताए । पत्रकारहरुसँग अध्यक्ष ओलीले भने, ‘राजनीतिको समसामयिक विषय र शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेबारे कुरा भयो । टिआरसी विधेयकलाई राम्रोसँग टुंग्याऔँ भन्ने कुरा भएको छ ।’ उनले टिआरसीबारे एमालेको अडान कायम रहेको पनि बताए ।

अध्यक्ष ओलीले टिआरसी विधेयकलाई सहमति भन्दा पनि बहुमत पुर्याएर राम्रोसँग टुंग्याउनुपर्ने बताए । उनले भने, ‘किन सहमतिमा गर्ने, बहुमत पुर्याएर राम्रोसँग टिआरसी विधेयकलाई टुंग्याउनु राम्रो हो ।’ संसद्को हिउँदे अधिवेशन माघ २२ गतेबाट सुरु हुँदैछ । यस अिधवेशनबाट विभिन्न कानुन पास गर्ने सरकारको तयारी छ ।