राहदानी विभागका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राहदानी विभागका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा 


१४ माघ २०८०, आइतबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर प्रदीप भट्टराईसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

एक सेवाग्राहीविरुद्ध घुस रकम लेनदेनको अभियोगमा राहदानी विभागमा तत्कालीन करारमा कार्यरत इन्जिनियर प्रदीप भट्टराई र सेवाग्राही सुमी धामी भन्ने सुमित्रा सापकोटाविरुद्ध मुद्दा दायर गरिएको हो ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट राष्ट्रिय परिचय पत्र सहजीकरणको खटाइएका भट्टराईले राहदानी बनाएबापत सापकोटाबाट ३४ हजार घुस लिएको अख्तियारको दाबी छ ।

सँगै सुमित्राले घुस/रिसवत लिने कसुरजन्य कार्य गर्न दुरुत्साहन गरेको पुष्टि भएकाले उनीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनीहरूसँग ३४ हजार रकम बिगो दाबीसमेत गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस