सहायक वन अधिकृत घुससहित अख्तियारको नियन्त्रणमा  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सहायक वन अधिकृत घुससहित अख्तियारको नियन्त्रणमा 


११ माघ २०८०, बिहिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सब डिभिजन वन कार्यालय, बाँके, राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्देलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । 

सेवाग्राहीबाट लिएको ७ हजार रुपैयाँ र स्रोत नखुलेको ४५ हजार ९७५ रुपैयाँ गरी ५२ हजार ९७५ रुपैयाँसहित अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

काठ चिरानका लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा अख्तियारको बुटवल सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले बिहीवार सो रकमसहित उनलाई नियन्त्रणमा लिएको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनलाई नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ बाट नियन्त्रणमा लिइएको हो र थप अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस