चन्द्र भण्डारीले भने-कानूनले काम गरेको भए अहिले ठूला नेता र कर्मचारी जेलमा हुन्थे « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चन्द्र भण्डारीले भने-कानूनले काम गरेको भए अहिले ठूला नेता र कर्मचारी जेलमा हुन्थे


९ माघ २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले देशमा कानूनले काम गरेको भए ठूलाबडा कर्मचारी र नेताहरू अहिले जेलमा हुने बताएका छन्।

मंगलवार काठमाडौँमा नीलप्रसाद भण्डारी स्मृति पुरस्कार ग्रहण गर्दै उनले नेताहरूले अहिले मुलुक चलाउन नसकेको बताउँदै भाषण गर्नेहरूले आफ्नो पार्टी सुधार्ने हो भने मुलुक बन्न समय नलाग्ने दाबी पनि गरेका हुन्।

उनले संवैधानिक निकायमा बसेका व्यक्ति र राजनीति गर्ने धेरै नेताहरू आफ्ना घर ठूलाठूला बनाउने र वरिपरि गरिब राखेर झुपडी बनाउने प्रवृत्तिका कारण मुलुक गरिब भएको बताए। विकास निर्माणमा नेताहरूको क्षमता नपुगेको नेता भण्डारीको दाबी छ।

Tags :
प्रतिक्रिया दिनुहोस